दफा २७
ससप्ाहको अन्तिम दिन वा रात्रीकालीन समयमा मात्र कारागारमा बसी कैद भुक्तान गर्न सकिने
(१) एक वर्षसम्म कैद निर्धारण भएको कसूरदारलाई निजले गरेको कसूर, निजको उमेर, कसूरको गम्भीरता, कसूर गरेको तरिका र निजको आचरण समेतलाई विचार गर्दा नियमित रुपमा कैदमा राख उपयुक्त नदेखिएमा त्यसको कारण खोली अदालतले निजलाई सप्ताहको अन्तिम दिन मात्र वा दैनिक रुपमा रात्रिकालीन समयमा मात्र कारागारमा बस्न पर्ने गरी कैद निर्धारण गर्न सक्नेछ ।
(२)_उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि दफा २४ को उपदफा
(३) मा उल्लिखित कसूर गर्ने कसूरदारलाई यस दफा बमोजिमको सजाय तोकिने छैन ।
(३) अदालतले उपदफा (१) बमोजिमको सजाय निर्धारण गर्दा कसूरदारले पालना गर्नु पर्ने शर्तहरु तोकिदिन सक्नेछ ।
(४) उपदफा (१) बमोजिम कारागारमा राखिएको कसूरदारले उपदफा (३) बमोजिमका शर्तहरु पालना गरी त्यस्तो अवधि भुक्तान गरेमा निजले कारागारमा रही त्यस्तो कैद भुक्तान गरेको मानिनेछ ।
(५) उपदफा (१) बमोजिम कारागारमा राखिएको कसूरदारले उपदफा (३) को शर्त पालना नगरेमा वा त्यस्तो अवधिमा कैद सजाय हुने कुनै कसूर गरेमा निजले आफूलाई भएको कैदको पूरा अवधि कारागारमा बसी भुक्तान गर्नु पर्नेछ ।